सुकुम्वासी बस्तीमा वैद्य माओवादीको सभा, महानगरपालिकाविरुद्ध प्रतिकारमा उत्रने घोषणा

साथै भूमिहीनलाई अर्को विकल्प नभएसम्म थापाथलीबाट उठाउन नदिने पहल गर्ने समेत आश्वासन दिए। सभालाई सम्बोधन गर्दै नेताहरूले बस्ती हटाउने महानगरपालिकाविरुद्ध प्रतिकारमा उत्रने घोषणा समेत गरे।

नेपालभ्युज

सुकुम्वासी बस्तीमा वैद्य माओवादीको सभा, महानगरपालिकाविरुद्ध प्रतिकारमा उत्रने घोषणा

काठमाडौं। मोहन वैद्य (किरण) नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले थापाथलीस्थित सुकुम्वासी बस्तीमा ऐक्यबद्धता सभा गरेको छ।

केही दिनअघि काठमाडौं महानगरपालिकाले सुकुम्वासी बस्ती हटाउन डोजर लिएर पुगेपछि सुकुम्वासी बस्तीमा बसेकाहरूले प्रतिकार गरेका थिए।

उक्त घटनाको पक्ष र विपक्षमा बहस चलिरहँदा क्रान्तिकारी माओवादीले ऐक्यबद्धता सभा गरेको हो। सभामा नेताहरूले सुकुमवासी आन्दोलनलाई साथ दिने प्रतिवद्धता जनाए।

साथै भूमिहीनलाई अर्को विकल्प नभएसम्म थापाथलीबाट उठाउन नदिने पहल गर्ने समेत आश्वासन दिए। सभालाई सम्बोधन गर्दै नेताहरूले बस्ती हटाउने महानगरपालिकाविरुद्ध प्रतिकारमा उत्रने घोषणा समेत गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved