सुकुम्वासी बस्ती नहटाउन भूमि आयोगको निर्देशन

नेपालभ्युज

सुकुम्वासी बस्ती नहटाउन भूमि आयोगको निर्देशन

काठमाडौं। राष्ट्रिय भूमि आयोगले सुकुम्वासीलाई अहिले नहटाउन निर्देशन दिएको छ।

आयोगले शुक्रबार सूचना निकालेर कुनै पनि स्थानका सुकुम्वासीलाई अहिले नहटाउन काठमाडौं महानगरसहित सम्पूर्ण स्थानीय तह तथा सरकारी-गैरसरकारी निकायलाई भनेको हो।

‘कुनै पनि स्थानका भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीहरूका बस्ती हटाउने र उनीहरू असुरक्षित हुने गरी कुनै पनि कार्य नगर्न-नगराउन यो सूचना प्रकाशित गरिएको छ,’ आयोगको ताहाचल कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ।

आयोगले सुकुम्बासीका लगत संकलन, प्रमाणीकरण, निस्सा वितरण, जग्गा नापजाँच, लालपुर्जा सम्बन्धी सबै कार्य निर्वाचन आयोगले आचारसंहिता लागू नहुने सूचना जारी गरेलगत्तै गर्ने जनाएको छ। आयोगले भदौ ३१ देखि भूमिहीनका लगत संकलनलगायत काम रोकेको थियो।

सुकुमवासी बस्ती हटाउन जारी गरेको ३५ दिने सूचनाको म्याद सकिएको भन्दै गत सोमबार काठमाडौं महानगरपालिका डोजर लिएर थापाथली पुगेको थियो। बस्तीमा डोजर चलाउन खोजेपछि यहाँका स्थानीयले विरोध गरेका थिए। स्थानीयले ढुंगामुढा गर्दा नगरप्रहरीसहित महानगरपालिकाका कर्मचारी घाइते भएका थिए।

सम्बन्धित समाचार

काठमाडौंका सुकुम्बासी : सुविधा सम्पन्न अपार्टमेन्टमा बस्न मान्दैनन्, नदी किनारमा रजाइँ

कफनमा बालेनको फोटो टाँसेर सुकुम्बासीले घेरे महानगर कार्यालय (तस्वीरहरु)

सुकुम्बासी आन्दोलन : खुकुरी नचाउनेदेखि आत्मघाती बम बनाउनेसम्मका धम्की

सुकुम्बासी बस्तीमा झडप, महानगरका एसपीको टाउको फुट्यो (तस्वीरहरू)

दश तस्वीरमा हेर्नुस् थापाथली सुकुम्बासी बस्तीको तनाव (फोटो फिचर)

महानगरको टोली हटाउन पुगेपछि थापाथलीको सुकुम्बासी बस्ती तनावग्रस्त

सडकमै सुतेर सुकुम्बासीको आन्दोलन

सरकारको प्राथमिकतामा सार्वजनिक संस्थान सुधार, दुई वर्षभित्र भूमिहीन र सुकुम्बासी समस्या समाधान

बुटवलमा सुकुम्बासी र प्रहरीबीचको झडपमा ४ जनाको मृत्यु

यस्तो छ सूचना


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved