महानगरको टोली हटाउन पुगेपछि थापाथलीको सुकुम्बासी बस्ती तनावग्रस्त

नेपालभ्युज

महानगरको टोली हटाउन पुगेपछि थापाथलीको सुकुम्बासी बस्ती तनावग्रस्त

काठमाडौं। काठमाडौंको थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्ती सोमबार तनावग्रस्त बनेको छ ।

सुकुम्बासी बस्ती हटाउन पुगेको काठमाडौं महानगरको टोलीमाथि स्थानीयले ढुंगामुढा गरेपछि तनाव भएको हो । वैकल्पिक व्यवस्थाविनै हटाउन थालेको भन्दै उनीहरुले महानगरको टोलीमाथि ढुंगामुढा गरेका हुन् ।

घरेलु हतियारसहित प्रदर्शनमा उत्रिएका सुकुम्बासीबस्तीका बासिन्दा्ले गृहमन्त्री एवं महानगरका मेयरविरुद्ध चर्को नाराबाजी गरिरहेका छन् । उनीहरुले टायर समेत बालेका छन् । प्रहरीसँग झडप पनि भएको छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved