बुटवल। रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा भएको झडपमा सुरक्षाकर्मीले गोली चलाउँदा चार जनाको मृत्यु भएको छ। सुकुम्बासी समूहसँगको झडपमा प्रहरीले चलाएको गोली लागि घाइते भएका मध्ये चार जनाको मृत्यु भएको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिए।
उनले नेपालभ्यूजसँग टेलिफोनमा भने ‘‘ भैरहवाको युनिभर्सल मेडिकल कलेजमा उपचारको क्रममा रहेका ४ जनाको मृत्यु भएको जानकारी गृहमन्त्रालयमा आएको छ। बाँकी १३ जनाको उपचार भइरहेको छ। मृत्यु हुनेहरू सबै आन्दोलनकारी तर्फका हुन्। यता प्रहरीतर्फ पनि पाँच सात जना घाइते भएका छन्।’’
झडपपछि जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले कर्फ्यु आदेश जारी गरेको छ। रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको जग्गामा बसोबास गर्ने सुकुम्बासी समूहसँगको झडपपछि उत्पन्न परिस्थितिलाई सामान्य बनाउन स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ।
Facebook Comment
Comment