सुकुम्बासी आन्दोलन : खुकुरी नचाउनेदेखि आत्मघाती बम बनाउनेसम्मका धम्की

प्रहरीले संयमता अपनाएपनि सुकुम्बासी बस्तीका आन्दोलनकारीले महानगर प्रहरीका टाउका फुटाउने, सडकमा पार्किङ गरेको स्कुटर जलाउने, ढुंगा हान्ने,  टायर बाल्ने लगायतका उग्र गतिविधि गरेका थिए ।

नेपालभ्युज

सुकुम्बासी आन्दोलन : खुकुरी नचाउनेदेखि आत्मघाती बम बनाउनेसम्मका धम्की

काठमाडौं। काठमाडौंको थापाथलीमा सुकुम्बासीका नाममा उग्रता बढ्दै गएको छ । अवैध ढंगले बसेका सुकुम्बासी हटाउन सोमबार  काठमाडौं महानगर थापाथली क्षेत्रमा पुगेपछि तनाव भएको थियो । प्रहरी पुगेपछि सुकुम्बासी बस्तीका आन्दोलनकारीले महानगर प्रहरीका टाउका फुटाउने, सडकमा पार्किङ गरेको स्कुटर जलाउने, ढुंगा हान्ने,  टायर बाल्ने लगायतका उग्र गतिविधि गरेका थिए । प्रदर्शनकारीको उग्रतापछि प्रहरी पछि हटेको थियो ।

केही प्रदर्शनकारीले खुकुरी नचाउँदै महानगरका मेयर बालेन शाहलाई ज्यान मार्ने धम्कि दिइरहेका थिए । एक जना पुरुषले ‘हामी पनि मर्न पछि पर्दैनौ तर बालेनलाई मार्छौँ’ भन्ने चेतावनी दिएको भिडियो विभिन्न सञ्चारमाध्यममा आइसकेको छ । यहिँ भिडियो फेसबुकमा पोष्ट गरेर मेयर बालेन शाहले देशमा कानुन र प्रशासन छ कि छैन भनेर प्रश्न सोधेका थिए । तर केहिबेरमा उनले भिडियो हटाएका छन् ।

सञ्चारमाध्यममा आएको अर्को भिडियो अनुसार सुकुम्बासी बस्तीका केहि व्यक्तिले पेट्रोल बम बनाउन थालेका छन् । उनिहरुले आइपरेमा पेट्रोल बम हान्ने बताएका छन् । हरेक सञ्चारमाध्यममा उनिहरुले आफूहरु पनि मर्ने र अरुलाई पनि मार्ने खुलेआम धम्की दिएका छन् । आत्मघाती बम बनाउने पनि उनिहरुको चेतावनी छ ।

यता काठमाडौं महानगरका प्रहरी प्रमुख राजु पाण्डेले महानगरको अधिकार क्षेत्रमा पर्ने काम गरेरै छाड्ने बताएका छन् । सुकुम्बासीको चेतावनी र महानगरको अडानका कारण तनाव झनै बढ्ने संकेत देखिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved