टर्कीमा प्रशिक्षण विमान दुर्घटनामा २ जनाको मृत्यु

नेपालभ्युज

टर्कीमा प्रशिक्षण विमान दुर्घटनामा २ जनाको मृत्यु

एजेन्सी । टर्कीको उत्तरपश्चिमी प्रान्त बुर्सामा बिहीबार एकल इन्जिन भएको प्रशिक्षण उडानमा प्रयोग गरिएको विमान दुर्घटना हुँदा कम्तीमा दुई जनाको मृत्यु भएको इहलास समाचार एजेन्सीले जनाएको छ ।

प्रान्तको येनिसेहिर सहरको युनुसेली विमानस्थलबाट दिउँसो ३ः४० मा उडान भरेपछि सोही प्रान्तको सहरको ओस्मान्गाजी जिल्लामा रहेको संयुक्त प्राकृतिक ग्यास चक्र पावर प्लान्ट नजिकै उक्त विमान दुर्घटनाग्रस्त भएको थियो ।

पाइलट र जहाजमा रहेका अर्का व्यक्तिको मृत्यु भएको बताइएको छ । अग्नि नियन्त्रकहरू, प्रहरी र चिकित्साकर्मीहरूलाई घटनास्थलमा पठाइएको छ । दुर्घटनाको कारण अझै खुल्न सकेको छैन । सिन्ह्रा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved