सुनसरी-४ : सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की विजयी

नेपालभ्युज

सुनसरी-४ : सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की विजयी

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की सुनसरी जिल्लाको क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयले दिएको अन्तिम मत परिणाम अनुसार मन्त्री कार्कीले ३० हजार ४८३ मतसहित विजयी भएका हुन् । उनी  ११२ मतान्तरले विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार जगदीशप्रसाद कुसियैतले ३० हजार ३७१ मत प्राप्त गरेका छन् ।

नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका छन्

उनि २०७४ सालमा प्रधानमन्त्री शेरबहादुर देउवा सरकारको नेतृत्वमा रहेको सरकारमा अर्थमन्त्रीसमेत भइसकेका छन् ।

मन्त्री कार्कीले २०७४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा सुनसरी क्षेत्र नं. ४ बाटै विजय हासिल गरेका हुन् ।

विद्यार्थी अवस्थादेखि नै राजनीतिमा सक्रिय रहेका नेता कार्की नेपाली कांग्रेसका केन्द्रीय सदस्य पनि हुन् ।

समानुपातिकतर्फको समेत मतगणना सकिएपछि विजयी उम्मेदवारहरूलाई प्रमाणपत्र वितरण गर्ने तयारी भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved