यू–१९ क्रिकेट : लुम्बिनीद्वारा प्रदेश-१ पराजित

नेपालभ्युज

यू–१९ क्रिकेट : लुम्बिनीद्वारा प्रदेश-१ पराजित

काठमाडौं। यू–१९ क्रिकेट प्रतियोगितामा लुम्बिनीले प्रदेश-१ लाई पराजित गरेको छ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार भएको खेलमा लुम्बिनीले प्रदेश-१ लाई ६ विकेट पराजित गरेको हो । यो लुम्बिनीको चौथो जित हो। ८ अंकसहित लुम्बिनी तेस्रो स्थानमा रहेको छ। तेस्रो पराजय भोगेको प्रदेश-१ प्रतियोगिताबाट बाहिरिएको छ।

७० रनको सामान्य लक्ष्य लुम्बिनीले १६ ओभरमा ४ विकेट गुमाएर भेटायो। लुम्बिनीको लागि देव खनालले १९ र आकाश त्रिपाठीले १७ रन जोडे। प्रदेश-१ का लागि दीपेश कँडेलले ३ र विपिन महतोले १ विकेट लिए।

पहिले ब्याटिङ गरेको प्रदेश-१ ले २६.२ ओभरमा ६९ रनमा अलआउट भयो। प्रदेश एकका लागि सुभान गहतराजले २२ र एस्टेन रिजालले १९ रन बनाए। लुम्बिनीका लागि निर्मल गुरुङले ५, दुर्गेश गुप्ताले २ तथा अभिषेक गौतम र तुलबहादुर थापाले १ विकेट लिए। निर्मलले ४ रन खर्चेर ५ विकेट पूरा गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved