सुनसरी ४ : ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित, जगदीशप्रसाद कुसियैत पराजित

अन्तिम मतपरिणामअनुसार मन्त्री कार्कीले ३० हजार ४८३ मत प्राप्त गरेका छन् । उनी ११२ मतान्तरले विजयी भएका हुन् ।

नेपालभ्युज

सुनसरी ४ : ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित, जगदीशप्रसाद कुसियैत पराजित

सुनसरी । नेपाली कांग्रेसका नेता एवम् सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सुनसरी क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।

अन्तिम मतपरिणामअनुसार मन्त्री कार्कीले ३० हजार ४८३ मत प्राप्त गरेका छन् । उनी ११२ मतान्तरले विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार जगदीशप्रसाद कुसियैतले ३० हजार ३७१ मत प्राप्त गरे ।

कार्कीले ०७४ को निर्वाचनमा पनि यही क्षेत्रबाटै चुनाव जितेका थिए । समानुपातिकतर्फको समेत मतगणना सकिएपछि विजयी उम्मेदवारहरूलाई प्रमाणपत्र वितरण गर्ने तयारी भइरहेको  निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved