दोलखाका १० केन्द्रमा आज पुन: मतदान

नेपालभ्युज

दोलखाका १० केन्द्रमा आज पुन: मतदान

काठमाडौं। दोलखाका १० वटा केन्द्रमा आज पुन: मतदान हुँदैछ। मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान चल्ने बताए।

गत मंसिर ४ गते भएको मतदानका क्रममा विवाद उत्पन्न भएपछि रद्द गरी निर्वाचन आयोगले बिहीबार मतदान गराउन लागेको हो। चार वटा बुथमा करिब आठ हजार मतदाता रहेको श्रेष्ठले जानकारी दिए।

यही मंसिर ११ गते बसेको आयोगको बैठकले दोलखाको वैत्यश्वर गाउँपालिका–६ का वैत्यश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको क, ख, ग, वडा नम्बर २ को जनज्योति माध्यमिक विद्यालय पुतली काठका मतदान केन्द्र क र ख, तामाकोसी गाउँपालिका–३ हेल्थपोस्ट भवन जफे मतदान केन्द्रका क र ख गरी सात वटा मतदान केन्द्रमा पुनः मतदान गर्ने निर्णय गरेको थियो।

यस्तै वैत्यश्वर-३ को कालीढुंगा मावि मतदान केन्द्रमा क, ख, ग मतदान केन्द्र भएको मतदान पनि रद्द गरी पुनः मतदान गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखालाई आयोगले निर्देशन दिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved