स्याङ्जामा मतगणनाका लागि सर्वदलीय बैठक

नेपालभ्युज

स्याङ्जामा मतगणनाका लागि सर्वदलीय बैठक

काठमाडौं।  स्याङ्जामा मतगणना सुरु गर्न सर्वदलीय बैठक डाकिएको छ । गत मङ्सिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेशसभा सदस्य पदको निर्वाचनका दिन केही मतदान केन्द्रमा बुथ क्याप्चर भएको भन्दै एमालेले उजुरी गरेपछि मतगणना कार्य अघि बढ्न सकेको थिएन ।

बुधबार बसेको निर्वाचन आयोगको निर्देशनपछि बैठकले बाजुरा र स्याङ्जामा मतगणना गर्न निर्देशन दिएपछि मतगणना कार्य अघि बढाउन लागिएको हो ।

त्यसका लागि सबै दलका प्रतिनिधि बोलाएर छलफल सुरु गरिएको स्याङ्जा क्षेत्र नम्बर २ मा निर्वाचन अधिकृत रामचन्द्र शर्माले बताए । सो क्षेत्रमा एमाले उम्मेदवार एवं पूर्वमन्त्री पद्मा अर्याल र कांग्रेसका उपसभापति धनराज गुरुङबीच मुख्य प्रतिस्पर्धा रहेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved