यू–१९ क्रिकेट प्रतियोगिता : कर्णालीको पहिलो जित

नेपालभ्युज

यू–१९ क्रिकेट प्रतियोगिता : कर्णालीको पहिलो जित

काठमाडौं। यू–१९ क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले पहिलो जित निकालेको छ।

मूलपानी क्रिकेट मैदानमा आइतबार भएको खेलमा कर्णालीले मधेशलाई २ विकेटले पराजित गरेको हो।

१३६ रनको लक्ष्य कर्णालीले ३४.४ ओभरमा ८ विकेट गुमाएर भेटायो। कर्णालीको लागि मोहन विकले ३८ र मनिश थापाले ३२ रन जोडे।

मधेशका लागि भने रञ्जित कुमारले ५, अबजित मण्डलले २ र राजेश यादवले १ विकेट लिए।

पहिले ब्याटिङ गरेको मधेश ४१.५ ओभरमा १३५ रनमा अलआउट भयो।

मधेशको लागि शैलेन्द्र साहले ३१ र मयन यादवले १८ रन बनाए।

कर्णालीका लागि युनिश सिंहले ५,मोहन बिक र आवाश शाहले २–२ र गणेश डडेलले १ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved