यू–१९ क्रिकेट प्रतियोगिता : लुम्बिनीको पहिलो जित

नेपालभ्युज

यू–१९ क्रिकेट प्रतियोगिता : लुम्बिनीको पहिलो जित

काठमाडौं। यू–१९ क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले पहिलो जित निकालेको छ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको खेलमा लुम्बिनीले कर्णालीलाई ६ विकेटले पराजित गरेको हो।

कर्णालीको भने यो लगातार दोस्रो पराजय हो। २ अङ्कसहित लुम्बिनी चौथो स्थानमा छ भने अङ्कविहिन कर्णाली पाँचौँ स्थानमा छ।

१०१ रनको लक्ष्य लुम्बिनीले २० ओभर ५ बलमा ४ विकेट गुमाएर भेटायो। उसको लागि आकाश त्रिपाठीले ५२ र विशाल बिक्रम केसीले १३ रन बनाए। आकाशले ४७ बलमा ८ चौका प्रहार गर्दै अर्धशतक पुरा गरे।

कर्णालीको लागि अनुज चनाराले २ तथा मोहन बिक र सन्दीप शाहीले १–१ विकेट लिए।

पहिले ब्याटिङ गरेको कर्णाली २२.२ ओभरमा अलआउट हुँदा १०० रन बनायो। कर्णालीको लागि बिपिन रावलले ३६ र सुवास ऐयरले २३ रन बनाए।

लुम्बिनीको लागि भने विशाल बिक्रम केसीले ४ र अभिषेक घिमिरेले २ विकेट लिए। नर सार्की, निर्मल गुरुङ र तुल बहादुर थापाले १–१ विकेट लिए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved