पाल्पा-२ : एमालेका ठाकुरप्रसाद गैरे विजयी

गैरे पहिलो पटक संसदीय चुनावमा उत्रिएका हुन् । उनी हालसम्म अवसर नपाउने नेताका रुपमा चिनिएका थिए । 

नेपालभ्युज

पाल्पा-२ : एमालेका ठाकुरप्रसाद गैरे विजयी

काठमाडौं । पाल्पा- २ बाट  नेकपा एमालेका ठाकुरप्रसाद गैरे विजयी  भएका छन् । गैरेले  नेकपा एकीकृत समाजवादीका सोमप्रसाद पाण्डेलाई ३ हजार ९६६ मतान्तरले हराउँदै विजयी भएका हुन् ।

गैरेले २७ हजार ८१७ मत पाउँदा पाण्डेले २३ हजार ८५१ मत मात्र पाए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सोमप्रसाद गैरे  ५ हजार १८० मतसहित तेस्रो भए भने  मंगोल नेशनल अर्गनाइजेसनका मनबहादुर दर्लामीले १ हजार ४८८ मत पाए ।

गैरे पहिलो पटक संसदीय चुनावमा उत्रिएका हुन् । उनी हालसम्म अवसर नपाउने नेताका रुपमा चिनिएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved