रौतहट- २ मा स्वतन्त्र उम्मेदवार किरण साह विजयी

नेपालभ्युज

रौतहट- २ मा स्वतन्त्र उम्मेदवार किरण साह विजयी

रौतहट ।  रौतहट- २ मा स्वतन्त्र उम्मेदवार किरण साह विजयी भएका छन् । साह  नेपाली कांग्रेसका फिरदोस आलमलाई ४ हजार ५९४ मतान्तरले पराजित गर्दै विजयी बनेका हुन् ।

साहले ३२ हजार ८४२ मत पाउँदा  उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका आलमले २८ हजार २४८ मतमात्र पाए ।

केही समय अघि  एमाले प्रवेश गरेका  साह पार्टीले टिकट नदिएपछि  स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका थिए  ।

उनि २०७४ को संसदीय चुनावमा पूर्व मन्त्री आफताव आलमसँग पराजित भएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved