शंकर र महेशको हार : एमाले अध्यक्ष ओलीका लागि ठुलो झड्का

एमालेमा अध्यक्ष ओलीका लागि पोखरेल दायाँ र बस्नेत बाँया हात जस्तै थिए । अझ महासचिव पोखरेल त राष्ट्रपति विद्या भण्डारीका समेत प्रिय पात्र थिए ।  

नेपालभ्युज

शंकर र महेशको हार : एमाले अध्यक्ष ओलीका लागि ठुलो झड्का

काठमाडौं। नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली निकटका धेरै नेताले हार ब्यहोरिरहेका छन् । ओलीलाई ‘बा’ को उपाधि दिने महेश बस्नेतदेखि महासचिव शंकर पोखरेलसम्मले चुनाव जित्न सकेनन्।

एकल बहुमत ल्याउने दाबीसहित निर्वाचनमा होमिएको एमाले पछिल्ला नतिजाले स्तब्ध भएको छ । एमालेमा अध्यक्ष ओलीका लागि पोखरेल दायाँ र बस्नेत बाँया हात जस्तै थिए । अझ महासचिव पोखरेल त राष्ट्रपति विद्या भण्डारीका समेत प्रिय पात्र थिए ।

ओलीले तत्कालीन नेकपाभित्र चलखेल गरेर पार्टी विभाजनको मुखमा पुर्‍याउँदा होस् वा दुई पटक संसद् विघट्न गर्दा यि नेता साथमा मात्र थिएनन् मुख्य सल्लाहकार जस्तै थिए । महाधिवेशनमा पनि ओलीकै कारण पोखरेलले महासचिव पद प्राप्त गरे । जबकी विष्णु पौडेल त्यसको स्वभाविक दाबेदार थिए ।

घनश्याम भुसाल र भीम रावललाई पार्टीबाट लखेट्न पनि महासचिव पोखरेलकै मुख्य हात थियो । किनकी उनीहरु रहेसम्म पोखरेललाई पार्टी नेतृत्वमा टिकिरहन गाह्रो थियो । एक पटक विद्या भण्डारीलाई पार्टीको अध्यक्ष बनाउने र त्यसपछि आफैले हाँक्ने भित्री योजनामा रहेका पोखरेललाई चुनावी नतिजाले झड्का दिएको छ ।

लुम्बिनी प्रदेशमा पनि उपाध्यक्ष विष्णु पौडेलसँग पोखरेलको चर्को अन्तरसंघर्ष चलिरहेको थियो । रुपन्देही पाँचको टिकट दिँदा पनि त्यो प्रष्ट देखियो । त्यहाँ पहिले टिकट दिएका पौडेल निकट बासुदेव घिमिरेलाई अपमानित गरियो । उनको टिकट खोसेर खिमलाल भट्टराईलाई दिँदा पनि पोखरेलले नै भूमिका खेलेका थिए ।

तर घिमिरेले पहिले मनोनयन गरेकाले मात्रै उठन पाए । र अहिले जित्न सफल भएका छन् ।

ओलीले चुनाव हुनु ४ दिन अघिसम्म पनि एमालेले प्रत्यक्षतर्फ नै १ सय सिट जित्ने जिकिर गर्दै हिँडेका थिए। ओलीलाई यसरी ‘ओभर कन्फिडेन्स’ बनाउनेमा थिए, महासचिव पोखरेल र नेता बस्नेत। अध्ययन-अनुसन्धान गर्दै रिर्पाेट दिनेदेखि नीतिगत सुझाव दिनेहरू उनै हुन्थे।

पोखरेल धेरै नबोली भित्रभित्रै काम फत्ते गर्थे भने बस्नेत बोलेरै हिँड्थे । नीति बनाउने पोखरेल र त्यसलाई कार्यान्वयनमा लैजाने मध्येका एक थिए महेश बस्नेत । अहिले दुवैजनालाई जनताले अश्विकार गरिदिएका छन्। यसले एमालेका नरमपन्थी नेता र धेरै कार्यकर्ता पनि खुसी भएको देखिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved