मकवानपुरमा इन्द्र बानियाँले खोले नेपाली कांग्रेसको प्रदेशमा खाता

मकवानपुरमा इन्द्र बानियाँले खोले नेपाली कांग्रेसको प्रदेशमा खाता

हेटौंडा । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर- २ को ‘२’ मा नेपाली कांग्रेसका उम्मेदवार इन्द्रबहादुर बानियाँ विजयी भएका छन् ।

सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेस बागमती प्रदेश सभापति समेत रहेका बानियाँले नेकपा एमालेका उम्मेदवार लालबहादुर थापालाई पराजित गर्दै विजयी भएका हुन् ।

बानियाँ १८ हजार ७१७ मतसहित बागमती प्रदेशसभा सदस्यमा विजयी भएका हुन् ।

उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार लालबहादुर थापाले १६ हजार ९३५ मत प्राप्त गरेका थिए ।

त्यस्तै राप्रपाका उम्मेदवार बद्री बहादुर खड्काले २ हजार ११९ मत प्राप्त गरेका हुन ।

कुल ४० हजार ३७८ प्राप्त मतमा १ हजार ४९९ मत बदर भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved