एकीकृत समाजवादीको दोस्रो जित, बारा-४ बाट श्रेष्ठ विजयी

नेपालभ्युज

एकीकृत समाजवादीको दोस्रो जित, बारा-४ बाट श्रेष्ठ विजयी

काठमाडौं । नेकपा एकीकृत समाजवादीले दोस्रो जित निकालेको छ । उक्त पार्टीका कृष्णकुमार श्रेष्ठ ‘किसान’ले बारा क्षेत्र नम्बर ४ बाट सफलता पाएका हुन् ।

श्रेष्ठले २० हजार २९७ मत पाएर नेकपा एमालेका एकवाल मियाँलाई फराकिलो अन्तरले हराएका हुन् । प्रतिस्पर्धी मियाँले १३ हजार ८६३ मत मात्रै पाए । यस्तै स्वतन्त्र इच्छाबहादुर वाग्लेले ३ हजार ८३२ मत पाएका छन् ।

यसअघि तनहुँबाट निर्वाचित भएका श्रेष्ठ यसपटक चुनाव लड्न बारा पुगेका थिए ।

एकीकृत समाजवादीले प्रतिनिधिसभामा अहिलेसम्म २ सिट जितेको छ । थप ८ स्थानमा अग्रता लिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved