माओवादीको दोस्रो जित, रुकुम पूर्वमा घर्ती विजयी

नेपालभ्युज

माओवादीको दोस्रो जित, रुकुम पूर्वमा घर्ती विजयी

सुर्खेत । नेकपा माओवादी केन्द्रले रुकुम पूर्वमा प्रतिनिधिसभामा जित निकालेको छ । उक्त पार्टीका पूर्णबहादुर घर्ती मगर फराकिलो मतान्तरसहित विजयी भएका हुन् ।

उनले नेकपा एमालेका कैलाशकुमार मल्ललाई हराए । घर्ती मगरले १२ हजार २६२ मत पाए भने मल्लले आधाभन्दा कम ५ हजार २११ मत ल्याए । स्वतन्त्र चन्द्रराज झाँक्रीले ८९७ मत पाए ।

रुकुम पूर्वमा अघिल्लो चुनावमा पनि माओवादी नै विजयी भएको थियो । यो सँगै माओवादी केन्द्रले प्रतिनिधिसभामा २ सिट जितेको छ । यसअघि उसले सिन्धुली-२ मा जितेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved