कैलाली-३ को दुवै प्रदेशसभामा नागरिक उन्मुक्ति पार्टी विजयी

नेपालभ्युज

कैलाली-३ को दुवै प्रदेशसभामा नागरिक उन्मुक्ति पार्टी विजयी

काठमाडौं । कैलाली निर्वाचन क्षेत्र नं ३ को दुवै प्रदेशसभामा नागरिक उन्मुक्ति पार्टी विजयी भएको छ ।

कैलाली प्रदेशसभा १ बाट घनश्याम चौधरी र प्रदेशसभा २ बाट खुसीराम चौधरी विजयी भएका हुन् ।

धनश्याम चौधरीले १३ हजार नौ सय २३ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेमराज डगौरा थारुले ११ हजार पाँच सय ७२ मत प्राप्त गरे।

यस्तै, प्रदेशसभा २ का खुशीराम चौधरीले सात हजार पाँच सय ३९ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका अमर साउदले ६ हजार छ सय १९ मत पाए ।

यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका गङ्गाराम चौधरी निर्वाचित भइसकेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved