विश्वकप फुटबल : उपविजेता क्रोएसिया र मोरक्को भिड्दै

नेपालभ्युज

विश्वकप फुटबल : उपविजेता क्रोएसिया र मोरक्को भिड्दै

काठमाडौं। विश्वकप फुटबलमा समूह एफको खेलमा उपविजेता क्रोएसिया र मोरक्को भिड्दैछन्। कतारको अल बेत रंगशालामा बुधबार हुने खेलमा मोरक्को र क्रोएसिया दिउँसो पौने ४ आमने सामने हुँदैछन्।

विश्वकपमा पहिलोपटक मोरक्को र क्रोएसिया भिड्दै छन्।यसअघि, सन् १९९६ को डिसेम्बरमा कासाब्लान्कामा भएको हसन ट्रफी प्रतियोगितामा मोरक्को र क्रोएसियाबीच प्रतिस्पर्धा भएको थियो। क्रोएसियाले सो खेल ७–६ गोलअन्तरले जितेको थियो।

सन् १९९८ को विश्वकपमा स्कटल्यान्डलाई मोरक्कोले ३–० ले पराजित गरेको थियो। यो मोरक्को छैटौँ सहभागीता हो। सन् १९८६ मा मोरक्को अन्तिम १६ मा प्रवेश गर्न सफल भएको थियो। सो खेलमा जर्मनीसँग १–० ले पराजित भएको थियो।

फुटबल क्लबका मिडफिल्डर हकिम जियेचको मोरक्को टोली मैदानमा प्रतिस्पर्धा गर्नेछ। जियेचको पुनरागमनले टोली बलियो देखिएको छ। छनोटमा पनि लगातार ५ खेलमा जित निकाल्दैँ मोरक्को कतार विश्वकप पुगेको हो। जियेचले सन् २०२२ फेब्रुअरीमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए।

क्रोएसियाको पनि विश्वकपमा यो छैंटौँ सहभागिता हो। सन् २०१८ को उपविजेता क्रोएसियाले खेलेको पछिल्लो १६ खेलमध्ये १५ मा जित निकाल्न सफल भएको छ।

टोटेनह्यामका इभान पेरिसिले क्रोएसियाको आक्रमणलाई नेतृत्व दिने देखिन्छन्। अनुभवी लुका मोड्रिक र माटियो कोभाचिचको उपस्थितिमा मिडफिल्ड बलियो देखिन्छ।

क्रोएसिया र मोरक्को विश्वकपको अन्तिम १६ मा प्रवेश गर्न एकअर्कालाई कडा चुनौती दिने योजनामा रहेका छन्।

समूह एफमा मोरक्को र क्रोएसियासँगै बेल्जियम र क्यानडा पनि रहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved