नवलपुर २ को दुवै प्रदेशसभा सदस्यमा एमाले विजयी

नेपालभ्युज

नवलपुर २ को दुवै प्रदेशसभा सदस्यमा एमाले विजयी

काठमाडौं । पूर्वी नवलपरासी क्षेत्र नम्बर २ का दुवै प्रदेशसभा सदस्यमा एमालेका उम्मेदवारे विजयी भएका छन् । क्षेत्र नम्बर २ (१) र २ मा क्रमशः एमाले नेतृ पद्मा जिसी श्रेष्ठ र लक्ष्मण पाण्डे विजयी भएको निर्वाचन अधिकृत कमलराज पन्थीले जानकारी दिए ।

प्रदेश १ मा पद्मा जिसी श्रेष्ठले १९ हजार तीन सय ७८ ल्याएर विजयी भएकी छन् भने उनका प्रतिस्पर्धी माओवादी केन्द्रका सौगम कुमार सिरपालीले १४ हजार सात सय ४३ मत पाएका छन् ।

प्रदेश २ मा एमालेका लक्ष्मण पाण्डे विजयी भएका छन् । उनले १८ हजार आठ सय ६ मत पाएका छन् । उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका गोपाल खनालले १४ हजार ७ सय ६१ मत ल्याएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved