गगनलाई पार्टी संसदीय दलको नेता र प्रधानमन्त्रीका लागि प्रस्तावक बन्ने विश्वप्रकाशको घोषणा

नेपालभ्युज

गगनलाई पार्टी संसदीय दलको नेता र प्रधानमन्त्रीका लागि प्रस्तावक बन्ने विश्वप्रकाशको घोषणा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकास शर्माले अर्का महामन्त्री गगन थापालाई पार्टी संसदीय दलको नेता र आगामी प्रधानमन्त्रीका लागि आफू प्रस्तावक बन्ने घोषणा गरेका छन् ।

थापालाई चुनाव जितेकोमा सामाजिक सञ्जालबाट बधाई दिँदै शर्माले यस्तो घोषणा गरेका हुन् ।

उनले थापाको तस्वीर राखेर भनेका छन्,  ‘जसलाई मैले संसदीय दलको नेता हुँदै नेपाल देशको प्रधानमन्त्री पदमा प्रस्ताव गर्नुछ ! ।’

शर्माले यसअघि पनि गगन थापा प्रधानमन्त्री बन्नुपर्ने मत राख्दै आएका थिए । थापाले नमाने आफू अघि बढ्ने उनले बताइसकेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved