खोटाङ : रामकुमारको अग्रता कायमै, पछ्याउँदै विशाल

नेपालभ्युज

खोटाङ : रामकुमारको अग्रता कायमै, पछ्याउँदै विशाल

खोटाङ । एउटै मात्रै प्रतिनिधि सभा क्षेत्र रहेको खोटाङमा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र) का नेता रामकुमार राई ‘पासाङ’ले अग्रता कायमै राखेका छन् । उनलाई पछ्याइरहेका नेकपा (एमाले) का उम्मेदवार विशाल भट्टराईले २ हजार ५९२ मत पाउँदा रामकुमारले ३ हजार १ मत प्राप्त गरेका छन् ।

यसरी हेर्दा विशालभन्दा रामकुमार ४०९ ले अगाडि छन् ।

अन्य उम्मेदवारहरू भने पछाडि नै देखिन्छन् । जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार कृष्णकुमार राईको पक्षमा २०९ मत देखिएको छ भने राप्रपा नेपालका उम्मेदवार सर्जू श्रेष्ठले १३० मत पाएका छन् ।

नेपाल मजदुर किसान पार्टीका भोजराज बस्नेतले १२, आमूल परिवर्तन मसिया पार्टीका चन्द्रमणी राईले २७, नेपाल मङ्गोल नेशनल अर्गनाइजेसन दीपक मगरले ६२ र स्वतन्त्र उम्मेदवार जयन्द्रकुमार राईले १७ मत पाएका छन् ।

त्यहाँ २७१ मत भने रद्द भएको छ । मतगणना जारी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved