झापा-५ मा एमाले अध्यक्ष ओली ३५ सय मतले अगाडि

नेपालभ्युज

झापा-५ मा एमाले अध्यक्ष ओली ३५ सय मतले अगाडि

दमक। झापा क्षेत्र नं. ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले साढे ३ हजार मतले अग्रता कायम गरेका छन् ।

मंगलबार बिहान साढे ६ बजे निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको परिणामअनुसार ओलीले ८ हजार ९७८ मत ल्याउँदा निकटम प्रतिद्वन्द्वी डा. खगेन्द्र पाण्डव अधिकारीले ५ हजार ४४८ मत ल्याएर पछ्याइरहेका छन् ।

जनता समाजवादी पार्टीकी ओममाया आङ्देम्बेले ८७ र जनमत पार्टीका ८६८ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुरेशकुमार पोखरेलले १ हजार ४८६ मत ल्याएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved