रुपन्देहीमा ढिलो गरी मतगणना सुरु

नेपालभ्युज

रुपन्देहीमा ढिलो गरी मतगणना सुरु

बुटवल। रुपन्देहीको क्षेत्र नं. २, ३, ४ र ५ मा भर्खरैबाट मतगणना सुरु भएको छ । आइतबार भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मतगणना मतपेटिकामा देखिएको समस्याका कारण हिजो रातिबाट नै सुरु गर्ने भनिएकोमा ढिलो गरी सुरु भएको हो ।

क्षेत्र नं. २ मा सोमबार बिहान बसेको सर्वदलीय–सर्वपक्षीय बैठकले बिहान ११ बजेबाट मत गन्न सुरु गर्ने भनी निर्णय गरेको थियो, तर त्यो भन्दा झण्डै २ घण्टा ढिलो गरी मतगणना सुरु भएको छ ।

मतगणना निर्वाचन आयोगको कार्यालय रहेको बुटवल उपमहानगरपालिकाको पुरानो भवनमा भएको छ । यस निर्वाचन क्षेत्रमा नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु प्रसाद पौडेल, जनमुक्ति पार्टीका केशव सुर्यवंशी, स्वतन्त्र पार्टीका गणेश पौडेल उम्मेदवार रहेका छन् ।

र्वाचन आयोगले सत्ता गठबन्धनका उम्मेदवार नेकपा समाजवादीका राजु गुरुङको उम्मेदवारी खारेज गरेपछि गठबन्धनले जनमुक्ति पार्टीलाई समर्थन गरेको थियो ।

रुपन्देहीको क्षेत्र नं. ३, ४ र ५ मा पनि मतगणना सुरु भएको छ । गृहमन्त्री बालकृष्ण खाण उम्मेदवार रहेको क्षेत्र नं. ३ को मतगणना भैरहवा नमुना माविमा सुरु भएको छ । क्षेत्र नं. १ मा २ बजेपछि मतगणना गर्ने सहमति भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved