बाजुरामा प्रहरीले चलाएको गोली लागेर एकजनाको मृत्यु

जिल्लाको त्रिवेणी नगरपालिका ७ स्थित मतदान केन्द्रमा सुरक्षाकर्मीले चलाएको गोली लागेर स्थानीय सन्जिव ऐडीको मृत्यु भएको हो ।

नेपालभ्युज

बाजुरामा प्रहरीले चलाएको गोली लागेर एकजनाको मृत्यु

धनगढी । बाजुरामा चुनावी हिंसा भड्किएपछि प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । आधा दर्जन भन्दा बढी घाइते भएका छन् ।

जिल्लाको त्रिवेणी नगरपालिका ७ स्थित मतदान केन्द्रमा सुरक्षाकर्मीले चलाएको गोली लागेर स्थानीय सन्जिव ऐडीको मृत्यु भएको हो । झडपमा केही प्रहरी पनि घाइते भएका छन् ।

घाइतेलाई हेलिकप्टरबाट उद्दार गरिँदैछ । ४जना घाइतेलाई उपचारका लागि सुर्खेत ल्याइएको छ । नाटेश्वरी आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा झडप भएपछि प्रहरीले गोली चलाएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved