नेपाली पात्रोको नयाँ अपडेट ‘यो गज्जब छ!’

नेपालभ्युज

नेपाली पात्रोको नयाँ अपडेट ‘यो गज्जब छ!’

काठमाडौं।आगामी मंसिर ४ गते सम्पन हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पलपलको ताजा अपडेट समेटिको ‘आम निर्वाचन २०७९’ नेपालको पहिलो सामुदायिक एप्लिकेसन नेपाली पात्रोले लोकपथ डटकमसँग सहकार्य गर्ने सम्झौता गरेको छ ।

जिनियस सिस्टम्स प्रा.लिद्वारा सञ्चालित नेपाली पात्रो र इन्की क्विल इन्टरनेसल प्रा.लिले सञ्चालन गरेको लोकपथ डटकमबीच सहमति भएको हो । आम निर्वाचन २०७९ को प्रत्यक्ष्य तथ्यांक अपडेटसहितको सुविधायुक्त वेवसाइट फिचरिङ वा प्रकाशनका लागि सामग्री उपलब्ध गराउनका लागि यो सहकार्य भएको हो ।

लोकपथ डटकममा आगामी निर्वाचनको अपडेटलाई नेपाली पात्रोमा फिचर गर्ने उद्देश्यले यो सहमति भएको हो ।

नेपाली पात्रोको आईओस एपस्टोर र एन्ड्रोइड प्ले स्टोर संस्करणमा उपलब्ध नेपालको पहिलो सामुदायिक एप्लिकेसन नेपाली पात्रो र आधिकारीक वेबसाइट https://nepalipatro.com.np मा निर्वाचनसँग सम्बन्धित सबै तथ्यांक तथा प्रत्यक्ष अपडेटलाई पाठक वा प्रयोगकर्ताहरूबीच प्रभावकारी तरिकाले पुर्‍याउन सहमतिको मूल उद्देश्य हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved