कर्णालीका सात वटा मतदान केन्द्र महिलाको जिम्मामा

कर्णालीका सात वटा मतदान केन्द्र महिलाको जिम्मामा

सुर्खेत। भोलि (मंसिर ४ गते) हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि कर्णालीका सात वटा मतदान केन्द्र महिलाको जिम्मा लगाइएको छ । हुम्ला ४, डोल्पाका २ र कालिकोटको १ मतदान केन्द्रको निर्वाचन महिलाले गर्नुपर्ने जिम्मेवारी आइपुगेको हो ।

हुम्लाको सिमकोट गाउँपालिका–५ मा रहेको भीमसेन आधारभूत विद्यालय, कालाशिल्ता आधारभूत विद्यालय, खार्पुनाथ गाउँपालिका–३ मा रहेको हुम्ला मावि रायामा र सर्केगाड गाउँपालिका–३ मा रहेको देवकोटा आधारभूत विद्यालयमा महिला मतदान अधिकृतका रूपमा कार्यरत रहेका छन् ।

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ मा पर्ने त्रिपुरा मावि काटियाचौर मतदान केन्द्र र ठूलीभेरी नगरपालिका– ३ मा पर्ने सरस्वती मावि मतदान केन्द्रमा महिला कर्मचारीले नेतृत्व गरेका मतदान हुने भएको छ । त्यस्तै, कालीकोटको खाँडाचक्र नगरपालिका–२ पञ्चदेव माध्यमिक विद्यालयमा पनि महिला मतदान अधिकृतले निर्वाचन गराउने छिन् ।

यी हुन् मतदान महिला मतदान अधिकृत

हुम्लाको सिमकोट गाउँपालिका–५ मा रहेको भीमसेन आधारभूत विद्यालयमा सुधा सापकोटा, ६ मा रहेको कालाशिल्ता आधारभूत विद्यालयमा राजन चन्द, खार्पुनाथ गाउँपालिका–३ मा रहेको हुम्ला मावि रायामा पार्वती रोकाया र सर्केगाड गाउँपालिका–३ मा रहेको देवकोटा आधारभूत विद्यालयमा सरिता बोहरा गरी चार महिलालाई मतदान अधिकृतको जिम्मा दिइएको निर्वाचन कार्यालय हुम्लाका निमित्त अधिकारी श्यामबहादुर रानाले बताए ।

डोल्पाको यी मतदान केन्द्रमा मतदान अधिकृतदेखि सुरक्षाकर्मीसम्म महिला खटाइएको छ । त्रिपुरा मावि मतदान केन्द्रमा मतदान अधिकृतको रूपमा सम्झना महतारा र सहायक मतदान अधिकृतको रूपमा मायादेवी शाही खटिएकी छन् । बलिसरा बिक, सुनिता ठकुल्ला, भाग्यादेवी रोकाया, सन्ध्या आचार्य, शान्ति महतारा, निमा साङ्मो रोकायलगायत कर्मचारी यस मतदान केन्द्रमा खटिएका छन् ।

कालीकोटको पंञ्चदेवल माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा जिल्ला अस्पताल कालीकोटमा कार्यरत सिनियर अहेव सेतु शाहीलाई मतदान अधिकृतको जिम्मा दिइएको जिल्ला निर्वाचन कार्यालयका कालीकोट प्रमुख नन्दराम चौलागाईंले बताए । ‘जिल्लामा एउटा मात्र मतदान केन्द्रमा मतदान अधिकृतसहित अन्य महिला कर्मचारी खटाइएको छ ।’ उनले भने,‘त्यस मतदान केन्द्रमा महिला मतदान अधिकृत र अन्य कर्मचारीको व्यवस्था गरिएको छ ।’

मतदान केन्द्रमा शाहीको नेतृत्वमा नौ जना महिला कर्मचारी खटिएको प्रमुख चौलागाई जानकारी दिए । कुन जिल्लामा कति छन् मतदान केन्द्र तथा मतदानस्थल
कालीकोट जिल्लामा १२३ मतदान केन्द्र तथा मतदानस्थल रहेको त्यसमध्ये जिल्ला कारागारमा एउटा अस्थायी मतदान केन्द्र गरेर १२४ मतदान मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

१२४ मतदान केन्द्रमध्ये नौवटै स्थानीय तहका ७४ वटा मतदानस्थललाई अति संवेदनशील सूचीमा राखिएको कालीकोटका प्रमुख जिल्ला अधिकारी रामहरी शर्माले बताए । यस्तै, हुम्लामा जिल्लामा ५८ मतदानस्थल र ५९ मतदान केन्द्र रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । डोल्पामा ६८ मतदान केन्द्र रहेका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved