भारत र न्युजिल्याण्डको टी-२० शृङ्खला आजदेखि, हार्दिक पाण्ड्या बने कप्तान

नेपालभ्युज

भारत र न्युजिल्याण्डको टी-२० शृङ्खला आजदेखि, हार्दिक पाण्ड्या बने कप्तान

काठमाडौं । भारत र न्युजिल्याण्डबीचको टी-२० शृङ्खला आज शुक्रबारदेखि सुरु हुँदैछ । पहिलो खेल दिउँसो सवा १२ बजे विलिङ्टनमा सुरु हुँदैछ । भारत र न्युजिल्याण्डबीच तीन खेलको टी-२० र तीन खेलको एकदिवसीय शृङ्खला हुँदैछ ।

यो खेलमा भारतले कप्तानी रोहित शर्माबाट खोसेर हार्दिक पाण्ड्यालाई दिएको छ ।  क्रिकेटका विभिन्न फर्म्याटमा फरक–फरक कप्तान हुनुपर्छ  भनेर टी–२० को कप्तानका लागि हार्दिक पाण्ड्यालाई जिम्मेवारी दिइएको भारतीय क्रिकेट कन्ट्रोल बोर्डले जनाएको छ ।

टी–२० विश्वकपको सेमिफाइनलमा इङ्ल्यान्डसँग १० विकेटले पराजित भएपछि र प्रतियोगिताभर भारतीय टोलीका प्रमुख खेलाडीको निराशाजनक प्रदर्शनले भारतीय टोलीमा ठूलो परिवर्तन गर्ने बेला आएको हो कि होइन भन्ने चर्चा मिडियामा भइरहेको छ । टी–२० क्रिकेटमा नयाँ र युवा क्रिकेटरलाई प्रयास गरेर भावी टोली बनाउनु पर्ने र कप्तानको जिम्मेवारी पनि युवा काँधमा दिनुपर्ने आवाज उठेको छ ।  भारतका पूर्व प्रशिक्षक रवि शास्त्रीले खुलेर समर्थन गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved