निर्वाचनपछि संघ र सातै प्रदेशमा गठबन्धनको सरकार : धमला

नेपालभ्युज

निर्वाचनपछि संघ र सातै प्रदेशमा गठबन्धनको सरकार : धमला

काठमाडौं । नेकपा माओवादी केन्द्रकी नेतृ तथा पूर्वमन्त्री कल्पना धमलाले निर्वाचनपछि संघ र सबै प्रदेशमा गठबन्धनको सरकार बन्ने जिकिर गरेकी छिन् । काठमाडौं–९ बाट सत्ता गठबन्धनकी साझा उम्मेदवार धमलाले विहीबार निर्वाचन क्षेत्रमा आयोजित कार्यक्रममा धमलाले गठबन्धनका उम्मेदवारको जित सुनिश्चित भएको जिकिर गरिन् ।

धमलाले निर्वाचन क्षेत्रमा रहेका समस्या ढल, खानेपानी र सडक निर्माणलाई प्राथमिकतामा दिने बताइन् । उनले नागढुंगा-कलंकी नाकालाई व्यवस्थित गर्न फ्लाइओभर रोड निर्माण गर्न पहल गर्ने बताइन् । त्यस्तै, नेपालको पहिलो सुरुङ मार्गको आसपासमा ट्रमासहितको अस्पिटल स्थापना गर्ने लक्ष्य रहेको धमलाले मतदाता समक्ष प्रतिबद्धता व्यक्त गरिन् ।

उम्मेदवारहरूले झुटो आश्वासन बाँड्दा जनताको नजरमा नेताहरूको छवि बिग्रिएको उनको टिप्पणी थियो । सम्भव भएका आश्वासन मात्र जनतामाझ लिएर गएको उनको दाबी थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved