पाकिस्तानविरुद्धको मैत्रीपूर्ण फुटबलमा नेपाल विजयी

नेपालले पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा जित निकालेको छ। दशरथ रङ्गशालामा बुधबार साँझ भएको खेलमा नेपालले पाकिस्तानलाई १ – ० गोल अन्तरले पराजित गरेको हो।

नेपालभ्युज

पाकिस्तानविरुद्धको मैत्रीपूर्ण फुटबलमा नेपाल विजयी

काठमाडौं। नेपालले पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा जित निकालेको छ। दशरथ रङ्गशालामा बुधबार साँझ भएको खेलमा नेपालले पाकिस्तानलाई १ – ० गोल अन्तरले पराजित गरेको हो।

नेपालका लागि अञ्जन विष्टले गोल गरे। खेलको ८३ औँ मिनेटमा अञ्जनले गरेको गोल नै निर्णायक बन्यो। खेलको ५७ औँ मिनेटमा आभास लामिछानेले राष्ट्रिय टोलीमा डेब्यु गरे। राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकको रूपमा प्रवेश कटुवालको पनि यो डेब्यू खेल थियो।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। पाकिस्तान भने फिफाको निलम्बनका फुकुवापछि यही खेलबाट अन्तर्राष्ट्रिय फुटबलमा पुनरागमन गरेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved