अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा पुनः उम्मेदवारी दिने डोनाल्ड ट्रम्पको घोषणा

नेपालभ्युज

अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा पुनः उम्मेदवारी दिने डोनाल्ड ट्रम्पको घोषणा

एजेन्सी। रिपब्लिकन पार्टीका नेता डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपति चुनाव २०२४ को लागि पार्टीको उम्मेदवार बन्ने घोषणा गरेका छन् । अमेरिकी राष्ट्रपतीय निर्वाचनका लागि डेमोक्र्याट र रिपब्लिकनले पहिले आफूमध्येबाट उम्मेदवार छान्छन् । ट्रम्पको घोषणाको अर्थ उनी अब रिपब्लिकन पार्टीको उम्मेदवार बन्न पार्टीभित्रै चुनावमा उत्रिनेछन् ।

फ्लोरिडाको मार–ए–लागो रिसोर्टमा आफ्नो र्‍याली हुनुअघि उनले पार्टीमा आफ्नो उम्मेदवारीको कागजात बुझाएका छन् ।​ र्‍यालीमा उपस्थित भीडलाई सम्बोधन गर्दै ट्रम्पले भने, ‘अमेरिकालाई फेरि महान र गौरवान्वित बनाउन आज राति म संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा गर्दैछु ।’

उनी भन्छन्, ‘जब मानिसहरूबीच यस्तो माया पाइन्छ तब ठूलो संख्यामा मानिसहरूसँग कुरा गर्न सजिलो हुन्छ ।’ उनले भने, ‘त्यसोभए अबदेखि २०२४ को निर्वाचनको दिनसम्म… म यसअघि कसैले न लडेको जस्तो गरी लड्नेछु । हाम्रो देशलाई भित्रैबाट ध्वस्त पार्न खोज्ने कट्टरपन्थी वामपन्थी लोकतन्त्रलाई हामी पराजित गर्नेछौँ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved