मैत्रीपूर्ण खेलको लागि नेपाल र पाकिस्तान तयार

नेपालभ्युज

मैत्रीपूर्ण खेलको लागि नेपाल र पाकिस्तान तयार

काठमाडौं। मैत्रीपूर्ण खेलको लागि नेपाल र पाकिस्तान फुटबल टोलीले तयारी पुरा गरेका छन् । दशरथ रङ्गशालामा आयोजित पत्रकार सम्मेलनमा दुवै देशका प्रशिक्षक तथा कप्तानले खेल्नका लागि तयार भएको जनाएका हुन् ।

नेपाली टोलीका प्रशिक्षक प्रवेश कटुवालले छोटो समय भएकोले बङ्गलादेशविरुद्धको खेलमा सहभागी खेलाडीलाई नै समावेश गरी टोली निर्माण गरेको जनाए । ‘हामी उच्च मनोबलका साथ जित निकाल्ने योजनामा छौँ।’ उनले भने ।

पाकिस्तानविरुद्धको खेलमा नेपालको टीमवर्क नै मुख्य शक्ति हुने कटुवालले जनाए । कार्यकारी कप्तान रोहित चन्दले टिमको नेतृत्व गर्न पाउँदा आफु निकै खुसी भएको बताए।

पाकिस्तानले फिफाको निलम्बन भएपछि पहिलो खेल खेल्न लाग्दैछ । ‘यो खेललाई हाम्रो फुटबलको भविष्यमा सही तरिकाले मार्ग निर्देशन गर्ने अवसरका रुपमा लिएका छौँ।’, पाकिस्तानी फुटबल टोलीका प्रशिक्षक सइद अनवरले भने ।

पाकिस्तानका कप्तान हसन बसिरले नेपाली दर्शकको फुटबल प्रतिको माया निकै उत्साहजनक हुने बताए।

नेपाल र पाकिस्तानबीचको खेल भोलि बुधबार दशरथ रङ्गशालामा हुनेछ । फिफा डेको अवसरमा आयोजना हुन लागेको मैत्रीपूर्ण खेल साँझ ५ः३० बजे सुरु हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved