तोसिमा कार्कीको उम्मेदवारीको आज टुंगो लाग्ने

नेपालभ्युज

तोसिमा कार्कीको उम्मेदवारीको आज टुंगो लाग्ने

काठमाडौं।  डा. तोसिमा कार्कीको उम्मेदवारी कायम रहने कि नरहने भन्नेबारे सोमबार टुंगो लाग्ने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेकी कार्कीविरुद्ध निर्वाचन आयोगले दर्ता गरेको निवेदन सोमबार सर्वोच्च अदालतमा सुनुवाइका लागि पेशी तोकिएको छ ।

न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासमा कार्कीको उम्मेदवारीवारे बहस हुनेछ र सम्भवतः सोमबार नै सर्वोच्च अदालतबाट आदेशसमेत आउनेछ । निर्वाचन आयोगको निवेदनलाई सर्वोच्च अदालतले पहिलो प्राथमिकतामा राखेर सुनुवाइ गर्नेछ ।

सोमबार सर्वोच्च अदालतले दिने आदेश नै डा. कार्कीको उम्मेदवारी कायम रहने वा नरहने भन्नेमा निर्णायक हुने देखिन्छ ।  यदि, सर्वोच्च अदालतले पुरानो अन्तरिम आदेशलाई निरन्तरता दिई उम्मेदवारी कायम रहने आदेश गरेमा उनी निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउनेछिन् ।

अन्तरिम आदेशलाई निरन्तरता नदिए निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज हुने भनी गरेको निर्णय मान्य हुनेछ । र, उनी प्रतिस्पर्धाबाट बाहिरिनेछिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved