टी–२० विश्वकप : पाकिस्तानले दियो इङ्ल्याण्डलाई १३८ रनको लक्ष्य

इङ्ल्याण्डका बलरसामु पाकिस्तानका कुनै पनि ब्याट्स्म्यान खुलेर खेल्न सकेनन् । शान मसुदले ३८ र बाबर आजमले ३२ रन बनाउनुवाहेक अन्यको प्रदर्शन उल्लेख्य रहेन ।

नेपालभ्युज

टी–२० विश्वकप : पाकिस्तानले दियो इङ्ल्याण्डलाई १३८ रनको लक्ष्य

काठमाडौं । टी–२० विश्वकप क्रिकेटको उपाधि जित्न इङ्ल्याण्डले १३८ रनको सामान्य लक्ष्य पाएको छ।

मेल्बर्न क्रिकेट मैदानमा भइरहेको फाइनलमा पाकिस्तानले पुरै ओभर खेलेर ८ विकेट गुमाउँदै १३७ रन बनाएको हो ।

इङ्ल्याण्डका बलरसामु पाकिस्तानका कुनै पनि ब्याट्स्म्यान खुलेर खेल्न सकेनन् । शान मसुदले ३८ र बाबर आजमले ३२ रन बनाउनुवाहेक अन्यको प्रदर्शन उल्लेख्य रहेन ।

इङ्ल्याण्डका लागि साम करनले ३ तथा क्रिस जोर्डन र आदिल रशीदले २-२ विकेट लिए । पाकिस्तान र इङ्ल्याण्ड दोस्रो पटक उपाधि जित्ने योजनामा छन् ।

यसअघि पाकिस्तानले सन् २००९ र इङ्ल्याण्डले सन् २०१० मा विश्वकपको उपाधि जितेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved