पाकिस्तानविरुद्ध नेपालको कप्तानमा रोहित

नेपालभ्युज

पाकिस्तानविरुद्ध नेपालको कप्तानमा रोहित
तस्वीर सौजन्यः एन्फा

काठमाडौं। पाकिस्तानविरुद्धको मैत्रीपूर्ण फुटबल खेलमा नेपालको कप्तानको जिम्मेवारी रोहित चन्दले निर्वाह गर्ने भएका छन् । नेपाली राष्ट्रिय फुटबल टोलीका नियमित कप्तान तथा गोलरक्षक किरण चेम्जोङको अनुपस्थिति हुने भएसँगै जिम्मेवारी चन्दलाई दिइएको हो ।

शुक्रबार मुख्य प्रशिक्षक प्रवेश कटुवालले रोहितको कमानीमा २३ सदस्सीय टोलीको घोषणा गरेका छन् । किरण भारतमा जारी आईलिगमा पन्जाब एफसीको लागि खेलिरहेका छन् ।

नेपाल र पाकिस्तानबीचको खेल कात्तिक ३० गते दशरथ रङ्गशालामा हुनेछ । फिफा डेको अवसरमा आयोजना हुन लागेको मैत्रीपूर्ण खेल साँझ ५ः३० बजे सुरु हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved