पाकिस्तानसँग मैत्रीपूर्ण खेल खेल्ने यस्तो छ नेपाली टोली

नेपालभ्युज

पाकिस्तानसँग मैत्रीपूर्ण खेल खेल्ने यस्तो छ नेपाली टोली
तस्वीर सौजन्यः एन्फा
काठमाडौं। पाकिस्तानसँग मैत्रीपूर्ण खेल खेल्ने २४ सदसीय नेपाली टोलीको घोषणा गरिएको छ। अखिल नेपाल फुटबल संघ एन्फाले शुक्रबार नेपाली टोलीको घोषणा गरेको हो । 
टोलीमा गोलरक्षक तथा कप्तानको नाम भने समावेश गरिएको छैन । किरण भारतको व्यवसायिक फुटबल प्रतियोगिता आईलिगमा पन्जाब एफसीमा अनुबन्धित छन् । 
नेपाल र पाकिस्तानबीचको खेल कात्तिक ३० गते दशरथ रङ्गशालामा हुनेछ । फिफा डेको अवसरमा आयोजना हुन लागेको मैत्रीपूर्ण खेल साँझ ५ः३० बजे सुरु हुनेछ । 

यस्तो छ नेपाली टोली
गोलकिपरः विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु
डिफेन्डरः रोहित चन्द, अनन्त तामाङ, विकास तामाङ, दिनेश राजवंशी, विकास खवास, गौतम श्रेष्ठ, निशान खड्का
मिडफिल्डरः तेज तामाङ, सेसेहाङ आङ्देम्बे, सुरज जेउ ठकुरी, पुजन उपरकोटी, अरिक विष्ट, आभास लामिछाने
फरवार्डः अन्जन विष्ट, विमल घर्ती मगर, नवयुग श्रेष्ठ, आयुष घलान, सुनिल बल, रितिक खड्का, सुजल श्रेष्ठ

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved