फोहोर फाल्ने स्थानमा मृत शिशु फेला

नेपालभ्युज

फोहोर फाल्ने स्थानमा मृत शिशु फेला

 हेटौंडा। हेटौडा उपमहानगरपालिकाको फोहोर फाल्ने स्थानमा बोराभित्र प्याक गरिएको अवस्थामा सालनाल सहितको मृत शिशु फेला परेका छन् ।

ना. ४ त २६९८ नम्बरको ट्याक्टरले हेटौंडाको विभिन्न स्थानहरूबाट जम्मा गरी ल्याएको फोहरमा मृतक शिशु फेला परेको प्रहरीले जनाएको छ ।

हेटौंडा–१० राप्ती खोला छेउमा कुहिने फोहर र नकुहिने फोहर छुट्याउने क्रममा आज बिहान ८ बजेको समयमा नगरपालिकाको कर्मचारीले बोराभित्र प्याक गरिएको अवस्थामा शिशुको शव भेटाएपछि प्रहरीलाई खबर गरेका थिए ।

शिशुको शवलाई हेटौंडा अस्पतालमा पोष्टमार्टमका लागि राखिएको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा अनुसन्धान भैरहेको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved