कामना सेवा फुटसल कपको खेल तालिका सार्वजनिक

नेपालभ्युज

कामना सेवा फुटसल कपको खेल तालिका सार्वजनिक

काठमाडौं । दोस्रो संस्करणको कामना सेवा फुटसल कपको खेल तालिका सार्वजनिक भएको छ । कामना सेवा विकास बैंकको आयोजनामा हुने प्रतियोगिताको खेल तालिका बिहीबार सार्वजनिक गरिएको हो । हाँडीगाउँस्थित धन्वन्तरी फुटसलमा आयोजना हुने दुई दिने प्रतियोगिता भोलि शुक्रबार र शनिबार हुनेछ ।

खेलपाटी डटकमको व्यवस्थापनमा हुने प्रतियोगितामा सहभागी बैंक तथा वित्तिय संस्थाको २४ टोलीलाई ६ समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा सेन्चुरी बैंक, सुर्य लाइफ इन्सुरेन्स, कामना सेवा विकास बैंक र लुम्बिनी बैंक रहेको छ ।

समूह ‘बी’ मा नेपाल इन्भेस्टमेन्ट बैंक, माछापुच्छ्रे बैंक, गरिमा विकास बैंक र रिलायन्स फाइनान्स रहेको छ । समूह सी मा सांग्रिला बैंक, ज्योति विकास बैंक, प्रभु बैंक र प्रिमियर इन्सुरेन्स रहेको छ । समूह डी मा एनएमबी बैंक, महालक्ष्मी विकास बैंक , शाइन रेसुंगा बैंक र सिद्दार्थ बैंक रहेको छ ।

यसैगरी, समूह ‘ई’ मा सगरमाथा इन्सुरेन्स, सानिमा बैंक, गुर्खास फाइनान्स र राष्ट्रिय बिमा संस्थान रहेको छ । समूह ‘ए’ मा कुमारी बैंक, हिमालयन बैंक, मुक्तिनाथ बैंक र मेगा बैंक रहेको छ ।

लिगकम नकआउटका आधारमा हुने प्रतियोगिताको हरेक समूहका शीर्ष दुई टोलीले प्रि-क्वार्टरफाइनलमा स्थान बनाउने छन् । यस्तै, हरेक समूहको तेस्रो स्थानमा रहनेबाट गोलापर्थाबाट थप ४ टोलीले प्रि-क्वार्टरफाइनलमा स्थान बनाउने छन् ।

प्रतियोगिताको उद्घाटन खेलमा समूह ‘ए’ को सेन्चुरी बैंक र सुर्य लाइफ इन्सुरेन्सबीच प्रतिस्पर्धा हुनेछ । उद्घाटन खेल बिहान ८ बजेबाट सुरु हुनेछ । प्रतियोगितामा पहिलो पटक दुई महिला टोलीले सहभागिता जनाउदै छन् । यस पटक आयोजक कामना र माछापुच्छ्रेले सहभागिता जनाउदै छन् । दुई टोलीबीच शनिबार सिधै फाइनल खेल हुनेछ ।

प्रतियोगितामा अखिल नेपाल फुटबल संघ एन्फा को फुटसल कमिटीको प्राविधिक सहयोग हुनेछ । पहिलो संस्करणको उपाधि सिद्धार्थ बैंकले जितेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved