रेडिअन्ट कप: रेडिअन्ट क्वाटरफाइनलमा

नेपालभ्युज

रेडिअन्ट कप: रेडिअन्ट क्वाटरफाइनलमा

काठमाडौं । आयोजक रेडिअन्ट पब्लिक आठौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्समा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
स्युचाटारस्थित घरेलु कोर्टमा रेडिअन्टले रिब्सलाई १८–७ ले पराजित गरेको हो ।

रेडिअन्टकी दिब्यान्शा कार्कीले ८ अंक जोडिन् । रेडिअन्ट समूह ‘सी’ को विजेता बन्दै क्वाटरफाइनलमा पुगेको हो । रिब्स पनि समूह उपविजेताका रुपमा क्वाटरफाइनलमा स्थान बनाउन सफल रह्यो ।

सिनियर गर्ल्समा इनोभेटिभले सनसाइनलाई ११–६ तथा स्वर्णिमले विल्सनलाई ११–५ ले हराए । इनोभेटिभकी पूजा थापाले ८ तथा स्वर्णिमकी अरिभानाले १० स्कोर गरे । सिनियर ब्वाइजमा इडेन ब्रिज एकेडेमी (इबीए) ले रेडिअन्ट रिडर्सलाई ३७–२४ ले पन्छ्याउदै प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। इबीएका सौगातले १७ अंक जोडे ।

अन्य खेलमा जेनिथले बौद्ध चिल्ड्रेन हेभनलाई ३५–१४, काठमाडौं जेभियरले हार्टल्यान्डलाई ४०–३६ तथा स्वर्णिमले नेपाल सेन्ट्रललाई ३१–१८ ले निराश पारे । जेनिथका सुशिल शाहीले १४, काठमाडौं जेभियरका आदित्यले १० तथा स्वर्णिमका दीपेश शाक्यले १७ अंक बटुले ।

जुनियर ब्वाइजमा इबीएले ओरेकल रेमाथि २६–३ को सहज जित दर्ता गर्‍यो । जितसंगै इबीए क्वाटरफाइनलमा पुग्यो । इबीएको जितमा निखिल शाहीले २० अंक योगदान गरे । जुनियर ब्वाइजमै विधान कार्कीको १० अंक सहयोगमा आयोजक रेडिअन्टले महामन्जुश्रीलाई १३–१० ले पराजित गर्यो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved