टी–२० विश्वकप क्रिकेट : न्युजिल्यान्डलाई हराउँदै पाकिस्तान फाइनलमा

बल्लतल्ल सेमिफाइनलमा पुगेको पाकिस्तानले न्युजिल्याण्डविरुद्ध भने सहज जित निकाल्यो । सिडनीमा १५३ रनको लक्ष्य पाकिस्तानले अन्तिम ओभरमा ३ विकेट गुमाएर पुरा गरेको थियो । यसअघि नचलेका दुवै ओपनरले सेमिफाइनलमा भने उत्कृष्ट खेल देखाए ।

नेपालभ्युज

टी–२० विश्वकप क्रिकेट : न्युजिल्यान्डलाई हराउँदै पाकिस्तान फाइनलमा

काठमाडौं। पाकिस्तान टी–२० विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । बुधबार न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै पाकिस्तानले उपाधि भिडन्त पक्का गरेको हो ।

बल्लतल्ल सेमिफाइनलमा पुगेको पाकिस्तानले न्युजिल्यान्डविरुद्ध भने सहज जित निकाल्यो ।

सिडनीमा १५३ रनको लक्ष्य पाकिस्तानले अन्तिम ओभरमा ३  विकेट गुमाएर पूरा गरेको थियो । यसअघि नचलेका दुवै ओपनरले सेमिफाइनलमा भने उत्कृष्ट खेल देखाए । ओपनरद्धय बाबर आजम र मोहम्मद रिजवानले अर्धसतक बनाए । उनीहरूले सतकीय साझेदारी गरेपछि पाकिस्तानले सहज जित निकालेको हो ।

रिजवान ५७ र बाबर ५३ रनमा आउट भए ।  मोहम्मद हरिसले ३० रनको योगदान गरे ।

पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ४  विकेट गुमाएर १५२ रन बनाएको थियो । न्युजिल्यान्डका लागि डेरिल मिचेलले अविजित ५३ र केन विलियमसनले ४६ रन बनाए । अन्यको प्रदर्शन उल्लेख्य रहेन । पाकिस्तानका लागि शाहीन शाह अफ्रिदीले २ र मोहम्मद नवाजले १ विकेट लिए ।

सन् २००९ पश्चात पाकिस्तान पहिलो पटक टी–२० विश्वकपको फाइनलमा पुगेको हो । यसअघि सन् २००७ मा पाकिस्तान उपविजेता बनेको थियो । सन् २००९ को संस्करणमा भने पाकिस्तानले उपाधि जितेको थियो ।

शुक्रबार हुने दोस्रो सेमिफाइनलमा भारत र इङ्ल्यान्ड भिड्दै छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved