नेपालका २५ प्रतिशत जनसंख्यामा मधुमेहको जोखिम

नेपालभ्युज

नेपालका २५ प्रतिशत जनसंख्यामा मधुमेहको जोखिम

काठमाडौं। मधुमेहको समस्या वर्षेनी बढ्दै गएकोमा चिकित्सकहरूले चिन्ता व्यक्त गरेका छन् । शहरी खानपान ग्रामीण क्षेत्रमा भित्रिएसँगै मधुमेहबाट गाउँ पनि असुरक्षित बन्दै गएको उनीहरूको भनाइ छ ।

विश्व मधुमेह दिवसको पूर्वसन्ध्यामा काठमाडौंमा भएको पत्रकार सम्मेलनमा मधुमेह रोग विशेषज्ञ डा. अमित शाक्यले ग्रामीण क्षेत्रका बासिन्दाको परिश्रम घटेको र खानपान शहरको जस्तै हुन थालेकाले रोग देखिन थालेको बताए ।

अर्का विशेषज्ञ डा. डिना श्रेष्ठले पछिल्ला दिनहरूमा २० वर्ष मुनिका किशोर-किशोरीहरूमा पनि मधुमेहको समस्या देखिएको बताइन् । खानपान र जीवनशैली परिवर्तन गरे मधुमेहबाट जोगिन सकिने उनको भनाइ छ ।

नेपालमा मधुमेहका बिरामीको तथ्यांक नभए पनि वर्षेनी बढ्दै गएको डा.सन्तोष शाक्यले बताए । नेपालका २५ प्रतिशत जनसंख्या मधुमेहको उच्च जोखिममा रहेको उनले जानकारी दिए ।

विश्वमा करिब ५१ प्रतिशत मधुमेह रोगीको पहिचान नै हुन नसकेको उनले बताए । मधुमेहसम्बन्धी सचेतना जगाउन हरेक वर्ष नोभेम्बर १४का दिन विश्व मधुमेह दिवस मनाउने गरिन्छ ।

यस वर्षको नारा ‘ एजुकेसन टु प्रोटेक्ट टुमरो’ तय भएको छ । दिवसका अवसरमा काठमाडौंमा रहेको आरुस लाइफस्टाइल अस्पतालले सचेतनामूलक प्रभातफेरीको आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved