आफूले गरेका कामको प्रचार गर्न नजानेर कांग्रेसले दु:ख पायो : प्रकाशशरण महत 

नेपालभ्युज

विराटनगर। नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले आफूले गरेका कामको प्रचार गर्न नजानेर कांग्रेसले दु:ख पाएको बताएका छन् । उनले मतदातालाई नियन्त्रण गर्न नसक्ने बताए। विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महतले मतदातालाई नियन्त्रण गर्न नसकेपनि पार्टी पंक्ति भने इमान्दारपूर्वक गठबन्धनलाई मत हाल्नेसमेत बताए ।

अहिलेको निर्वाचन प्रणालीले गर्दा एक्लै बहुमत ल्याउन नसक्ने भएकाले गठबन्धन भएको बताउँदै उनले एमालेको गठबन्धनले लगानी भित्राउन नसक्ने दाबी गरे । महतले एमाले अध्यक्ष ओलीको नेतृत्वमा कुरा धेरै भएको तर काम नभएको आरोप लगाए ।

उनले भने,’कांगे्रसले काम गरेको प्रचार गर्न नजानेकाले दु:ख पाएको छ । हामीले खुरु खुरु काम गर्यौ । अरुले प्रचार गरे ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved