प्रधानमन्त्री कप : अर्जुनको अर्धशतकमा सुदूरपश्चिमलाई १५१ रनको लक्ष्य

नेपालभ्युज

प्रधानमन्त्री कप : अर्जुनको अर्धशतकमा सुदूरपश्चिमलाई १५१ रनको लक्ष्य

काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा अहिले कर्णाली र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा भइरहेको छ । मूलपानी क्रिकेट मैदानमा जारी खेलमा कर्णालीले सुदूरपश्चिमलाई १५१ रनको लक्ष्य दिएको हो ।

कर्णालीले ३८.१ ओभरमा १५० रनमा अलआउट भयो । कर्णालीका लागि अर्जुन घर्तीले ७० र हिमान्शु शाहीले १२ रन बनाए । अर्जुनले ६९ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे ।

सुदूरपश्चिमका लागि नारायण जोशीले ४ र हेमन्त धामीले ३ विकेट लिए । गजेन्द्र बोहोराले २ र मिलन बोहोराले १ विकेट लिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved