चेल्सीलाई हराउँदै आर्सनल ईपीएलको शीर्ष स्थानमा

नेपालभ्युज

चेल्सीलाई हराउँदै आर्सनल ईपीएलको शीर्ष स्थानमा

काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) मा आर्सनलले चेल्सीलाई हराएकाे छ । स्ट्यामफोर्डमा आइतवार भएकाे खेलमा आर्सनलले चेल्सीलाई एक–शून्य गाेलले हराएको हो ।

आर्सनलको जितमा ग्याब्रियल मगलहेसले खेलकाे दाेस्राे हाफमा गाेल गरे । उनले खेलकाे ६३ औँ मिनेटमा गाेल गरेका थिए ।

यो सिजन उच्च प्रदर्शन गरिरहेको आर्सनलले शीर्ष स्थानमा म्यानचेस्टर सिटीलाई २ अंकले पछि पारेको छ ।

याे जितसँगै आर्सनल अङ्क तालिकाको शीर्ष स्थानमा पुगेको छ । आर्सनलको १३ खेलमा ३४ अङ्क छ भने चेल्सी १३ खेलमा २१ अङ्कसहित साताैँ स्थानमा रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved