मिडफिल्डर एमिलियो लरेन्स सिटीमा

नेपालभ्युज

मिडफिल्डर एमिलियो लरेन्स सिटीमा

काठमाडौं। म्यान्चेस्टर सिटीले एमिलियो लरेन्सलाई मिडफिल्डरमा अनुबन्धन गरेको छ । एभर्टनका लागि खेल्दै गरेका १७ वर्षे युवा मिडफिल्डर लरेन्सलाई सिटीले अनुबन्धन गरेको हो ।

अनुबन्धनको रकम भने सार्वजनिक गरिएको छैन । लरेन्सलाई अनुबन्धन गर्न इङ्लिस प्रिमियर लिगका विभिन्न क्लबहरू अघि सरे पनि उनको रोजाइमा सिटी परेको हो ।

गत सिजन लरेन्सले स्कटल्यान्डका यू–२३ टोलीका लागि डेब्यु गरेका थिए । सोहि प्रदर्शनका कारण लरेन्स सिटीको नजरमा पर्न सफल भए ।

उनले यू–१८ टोलीको तर्फबाट १८ खेलमा ९ गोल गर्न सफल भएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved