गुल्मीमा झुटको राजनीति गर्नेका दिन गए : रामकुमारी झाँक्री

नेपालभ्युज

गुल्मीमा झुटको राजनीति गर्नेका दिन गए : रामकुमारी झाँक्री

बुटवल। नेकपा (एकीकृत समाजवादी)की सचिव तथा गुल्मी–२ बाट प्रतिनिधिसभाका उम्मेदवार रामकुमारी झाँक्रीले गुल्मीमा नेकपा एमालेले झुटको राजनीति गरिरहेको भन्दै अब त्यस्ता दिन गएको बताएकी छिन् । उनले चुनाव जितेपछि गुल्मीका अवसर, चुनौतीको पहिचान गरेर इमानका साथ काम गर्ने प्रतिबद्धता जनाएकी छिन् ।

बुटवलमा शनिबार लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारको परिचय तथा प्रचारप्रसार कार्यक्रममा बोल्नुहुँदै उहाँले आफूले बेइमानीपूर्ण मुद्दा बोकेर नहिँडेको स्पष्ट पारिन ।  उनले आफ्ना प्रतिस्पर्धी गोकर्ण विष्टले जिल्लामा झुटको राजनीति गरेको भन्दै अब जनताका अघि झुट नबिक्ने दाबी गरिन् ।

उनले भनिन्, ‘‘हाम्रो जिल्ला निकै पछाडि परेको छ, राम्रोसँग फोन पनि लाग्दैन, मोबाइल चार्ज हुँदैन, शिक्षा, स्वास्थ्य, रोजगारी त कता हो कता, विकासमा चमत्कार भयो भनेर प्रचार गर्नेले अहिलेसम्म झुटको राजनीति गरे। अब यसरी चल्दैन।’’  सो अवसरमा बोल्दै गुल्मी २ (क) बाट प्रदेशसभा सदस्य उम्मेदवार कांग्रेस नेता भुवनप्रसाद श्रेष्ठले अहिलेको निर्वाचन प्रतिगमन र अग्रममनको लडाइँ भएको बताए ।

गुल्मी २ (ख) बाट प्रदेशसभा सदस्यका उम्मेदवार माओवादी नेता बुद्धी जिसीले गठबन्धनले विजयी हासिल गरेरै छाड्ने दाबी गरे। गुल्मी २ मा प्रतिनिधिसभामा गठबन्धनको तर्फबाट साँझ उम्मेदवार झाँक्री एमाले सचिव गोकर्ण विष्टसँग प्रतिस्पर्धामा छिन् । 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved