मंसिर १ देखि सवारी लाइसेन्सको अनलाइन आवेदन बन्द

नेपालभ्युज

मंसिर १ देखि सवारी लाइसेन्सको अनलाइन आवेदन बन्द

काठमाडौं। आगामी मंसिर १ गतेदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन आवेदन प्रणाली बन्द हुने भएको छ ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सम्बन्धित कार्यालयका कर्मचारीसमेत खटिनुपर्ने भएकाले अनलाइन आवेदन प्रणाली बन्द गर्नुपरेको यातायात व्यवस्था विभागले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ ।

सूचनामा मंसिर १ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका आवेदन प्रणाली बन्द रहने उल्लेख गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved