नयाँ स्टक एक्सचेन्ज थप्ने धितोपत्र बोर्डको तयारीमा सर्वोच्चले लगायो अंकुश

नेपालभ्युज

नयाँ स्टक एक्सचेन्ज थप्ने धितोपत्र बोर्डको तयारीमा सर्वोच्चले लगायो अंकुश

काठमाडौं। नयाँ स्टक एक्सचेन्ज थप्ने धितोपत्र बोर्डको तयारीमा सर्वोच्च अदालतले रोकेको छ । नयाँ स्टक एक्सचेन्जका लागि लाइसेन्सको दरखास्त दिने अन्तिम दिन अर्थात् मंगलबार सर्वोच्च अदालतले लाइसेन्स प्रक्रिया तत्काल स्थगन गर्न बोर्डको नाममा अन्तरिम आदेश जारी गरेको हो ।

चुनावको मुखमा आर्थिक चलखेल गर्दै धितोपत्र बजार सञ्चालन नियमावली २०६४ र धितोपत्र व्यवसायी नियमावली २०६४ लाई संशोधन गर्दै बोर्डले नयाँ स्टकको लाइसेन्स बाँड्न लागेको आशंका सर्वोच्चले गरेको छ । चुनावका मुखमा के–कति कारणले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरण गर्नुपरेको हो ? भन्दै सर्वोच्चले तत्काललका लागि लाइसेन्स प्रक्रिया रोक्न धितोपत्र बोर्डको नाममा अन्तरिम आदेश जारी गरेको छ ।

गत कात्तिक १ गते अधिवक्ता दीपकविक्रम मिश्रले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थमन्त्रालय, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड समेतलाई विपक्षी बनाई दायर गरेको रिटमा मंगलबार सर्वोच्चले अन्तरिम आदेश जारी गरेको हो ।

योसँगै बोर्डले मंगलबार नै एक सूचना जारी गर्दै नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया तत्कालका लागि स्थगन गरेको जानकारी दिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved